सेयर बजारको गिरावट उल्टिएर नेप्सेमा झण्डै ५० अंकको सुधार

Advertisement

काठमाडौंः यस साता आइतबार र मंगलबार भारी मात्रामा भएको सेयर बजारको गिरावट बुधबार भने उल्टिएको छ । आज नेप्से झण्डै ५० अंकले सुधार भई एक हजार ६६२ नाघेको छ । 

आइतबार ४५ र मंगलबार अंकले झरेको नेप्सेमा आज सुधार हुँदा विशेषगरी साना लगानीकर्तामा खुशी छाएको छ । अघिल्ला दिनहरुको तुलनामा आज भने कारोबार केही घटेर एक अर्ब सात करोड रुपियाँमा सीमित भएको छ । 

Advertisement

उत्पादनमूलक र अन्य समूहबाहेक अरु सबै समूहका कम्पनीहरुको सेयरमा आज निकै कमाई भएको छ । सबैभन्दा बढि होटल समूहको उपसुचक चार प्रतिशतभन्दा बढिले उक्लिएको छ भने त्यसपछि क्रमसः विकास बैंक समूह तीन दशमलव ७० प्रतिशत, जलविद्युत समूह तीन दशमलव ५७ प्रतिशत, बिमा समूह तीन दशमलव ५० प्रतिशत, बाणिज्य बैंक समूह तीन दशमलव ३० प्रतिशत, वित्त दुई दशमलव ३६ प्रतिशतले बढेको छ । 

Advertisement

Advertisement