नेपाल बैंक र सिद्धार्थ डेभलपमेन्टको हकप्रद शेयर निष्कासन,  जेठ १० गतेसम्म आवेदन दिन पाईने

Advertisement

काठमाडौँ:नेपाल बैंक लिमिटेड र सिद्धार्थ डेभलपमेन्ट बैंकले आजदेखि हकप्रद शेयर निष्कासन गरेको छन् ।  नेपाल बैंकले  एक सय मूल्य अंकित एक करोड ५४ लाख ३१ हजार आठ सय ४० कित्ता हकप्रद निष्कासन गरेको हो ।

 बैंकले सय कित्ता शेयर हुनेलाई २३ दशमलब ७४ का दरले हकप्रद दिएको हो । बैंकको हकप्रदमा सिभिल क्यापिटलमार्फत जेठ १० गतेसम्म  आवेदन दिन सक्ने बैंकले जनाएको छ ।  हकप्रद शेयर समायोजन पछि बैंकको चुक्ता पूँजी आठ अर्ब चार करोड पुग्ने बैंकले जनाएको छ । 

Advertisement

त्यसैगरि, सिद्धार्थ डेभलपमेन्ट बैंकले पनि आजदेखिनै हकप्रद शेयर निष्कासन गरेको छ । बैंकले १० शेयर लागि ६ शेयर हकप्रद निष्कासन गरेको हो ।

बैंकले  एक सय मूल्य अंकित ८५ लाख कित्ता हकप्रद निष्कासन गरेको छ । शेयरधनिहरुले  हकप्रद शेयरक लागि जेठ १० गते सम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ  । 

 

Advertisement

Advertisement