धनगढी प्रमियर लिगको उपाधी चौराहलाई

Advertisement

काठमाडौंः धनगढी प्रमियर लिग (डीपीएल) क्रिकेटको उपाधि टिम चौराह धनगढीले जितेको छ । टिम चौराह र विराटनगर किंग्सबीच शनिबार दिउसो भएको खेलमा विराटनगर विरुद्ध ६२ रनको जित निकाल्दै चौराहले उपाधि जितेको हो । 

धनगढीस्थित एसएसपी कार्यालय क्रिकेट मैदानमा भएको फाइनलमा टस जितेर व्याटिङ रोजेको चौराहले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । 

Advertisement

जवाफी व्याटिङमा आएको विराटनगर किंग्सले १८.१ बलमा अल आउट हुँदै ९७ रन बनायो । नेपालकै महंगो मानिएको यस खेलमा टिम चौराहले १५ लाख रुपियाँ नगदसहित ट्रफी हात पारेको छ भने उपविजेताले सात लाख रुपियाँ नगद प्राप्त गरेको छ ।

...............................................

धनगढी प्रमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा टिम चौराह धनगढीले विराटनगर किंग्सलाई १६० रनको लक्ष्य दिएको छ । एसएसपी क्रिकेट मैदान धनगढीमा टस जितेर व्याटिङ गरेको टिम चौराह धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५९ रन बनाएको हो । 

बिहान ११ बजे सुरु भएको डीपीएल क्रिकेटको फाइनलमा टिम चौराहका कप्तान पारस खड्काले टस जितेका थिए । टस जितेर उनले पहिला व्याटिङ गर्ने निर्णय गरे । 

Advertisement

Advertisement