ज्योति विकास र फर्स्ट माइक्रोफाइनान्सको हकप्रद सेयर जारी हुँदै

Advertisement

काठमाडौं: ज्योति विकास बैंक र फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले वैशाख २८ गतेबाट हकप्रद सेयर निस्कासन गर्ने तयारी गरेका छन्।

ज्योतिको सेयरको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ भने फर्स्टको ग्लोबल आइएमइ क्यापिटल कायम गरिएको छ ।

Advertisement

 सिद्धार्थ क्यापिटलका अनुसार ज्योतिको हकप्रदका लागि १०० रुपियाँ प्रतिकित्ताक दरले एक करोड १० लाख ४३ हजार १७१ कित्ता सेयर निस्कासन गर्न जनाएको छ ।

बैंकले चुक्ता पूँजिको १०० प्रतिशत सेयर निस्कासन गर्न लागेको हो। ज्योतीको हाल एक अर्ब १० करोड रुपियाँ पूँजी रहेको छ। यसपस्चात, पूँजी दुई अर्ब २० करोड माथि रहने छ।
 
बैंकको हकप्रद भर्नको लागि वैशाख १३ गतेसम्म कायम सेयरधनी अधिकारिक मानिएको छ। बैंकको सेयर जेठ ३१ गतेसम्म भर्न पाइन्छ।
 
त्यसैगरी, फर्स्ट डेभलपमेन्ट बैंकको पूँजीको ५० प्रतिशत हकप्रद निस्कासन गर्न लागेको हो। बैंकको चुक्त पूँजी अहिले २६ करोड ४५ लाख रुपियाँ छ भने उसले १३ लाख २२ हजार ५०० कित्ता सेयर निस्कासन गर्न जनाएको छ । यस बैंकको सेयर जेठ ३१ गतेसम्म समयसीमा रहेको छ ।

Advertisement

Advertisement