राजनीतिक सहमतिको प्रभाव सेयर बजारमा, नेप्से ३५ अंकले उक्लियो

Advertisement

काठमाडौंः साताको पहिलो दिन आइतबार सेयर बजारमा मधेसी मोर्चासँग भएको राजनीतिक सहमतिको सकारात्मक प्रभाव देखिएको छ । सेयर बजार परिसुचक नेप्से ३५ अंकले उक्लिएको छ । 

नेटवर्कमा समस्या आएपछि निर्धारित समयभन्दा २५ मिनट ढिलो गरी बन्द गरिएको कारोबारमा नेप्से १७ सय अंकको नजिक एक हजार ६९३ दशमलव ७२ अंकमा पुगेको हो । पछिल्लो दिनमा निकै उचार चढावमा रहेको सेयर बजारमा स्थानीय चुनाव र राजनीतिक तहमा आन्दोलन र सहमतिको प्रभाव बढि देखिएको विश्लेषकहरुको भनाई छ । 

Advertisement

नेटवर्कमा समस्या आए पनि आज कारोबार एक अर्ब ५३ करोड रुपियाँभन्दा बढि भएको छ । बिमा कम्पनी र बाणिज्य बैंकहरुको कारोबार राम्रो हुँदा नेप्सेले उचाई लिएको हो । बिमा समूहको उपसुचक तीन दशमलव ६७ प्रतिशतमा माथि चढेको छ भने बाणिज्य बैंकको दुई प्रतिशतले चढेको छ । अरुको भने दुई प्रतिशत भन्दा कमले बढेको छ । 

Advertisement

Advertisement