एसबीआईलाई हकप्रद निष्कासनका लागि बोर्डको अनुमति

Advertisement

काठमाडौं: धितोपत्र बोर्डले नेपालले एसबीआई बैंकलाई ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको छ ।

बोर्डले एसबीआई बैंकलाई उसले जारी गर्ने एक अर्ब ९९ करोड १९ लाख ४२ हजार ३६० रुपियाँबराबरको १ करोड ९९ लाख १९ हजार ४२३.६० कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो ।

Advertisement

बैंकले चुक्ता पुँजी आठ अर्ब पुर्‍याउनका लागि धितोपत्रसँग हकप्रद सेयर निष्काशनको अनुमति माग गरेको । जारी हुने हकप्रद सेयर १०:४ अनुपातको बिक्री गर्ने जनाइएको छ ।

हकप्रद सेयरको बिक्री प्रबन्धकका रुपमा एनएमबी क्यापिटल रहेको छ ।  एसबीआईले एफपीओ किनेकाहरुलाई पनि हकप्रद दिने जनाएको छ ।  

नेपाल राष्ट्र बैंकको नियमानुसार सबै वाणिज्य बैंकहरुको हकप्रद आठ अर्ब पुर्‍याउनै पर्ने अनिवार्य व्यवस्था कारण एसबीआईले सो निर्णय लिएको हो । एसबीआईले गत वर्षको नाफाबाट २८ प्रतिशत बोनस पनि आफ्ना सेयर धनीलाई बाँडिसकेको छ ।

चुक्ता पुँजी आठ अर्ब पुर्याउनकै लागि एसबीआईले यसअघि पनि प्रिमियममा प्रतिसेयर ९ सय ७१ रुपियाँका दरले जम्मा ६७ हजार ७६७.८७ कित्ता एफपीओ बिक्री गरेको थियो ।

 

Advertisement

Advertisement