चुनावमा अपेक्षित परिणाम नआएकोमा कांग्रेस चिन्तित, देउवाको सत्तारोहणबारे छलफल

Advertisement

काठमाडौंः नेपाली कांग्रेसले पहिलो चरणको स्थानीय चुनावमा अपेक्षित परिणाम नआएको निष्कर्ष निकालेको छ। बिहीबार बसेको कांग्रेस पदाधिकारी एवम् राजधानीमा उपलव्ध केन्द्रीय सदस्यहरुको बैठकले चुनावको समीक्षा गरेको हो ।

बैठकले दोस्रो चरणको स्थानीय चुनावमा प्रभावकारी ढंगले प्रस्तुत हुने र बढीभन्दा बढी परिणाम आफ्नो पक्षमा पार्ने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकपछि पत्रकारहरुलाई जनकारी गराउदै केन्द्रीय सदस्य महेश आचार्यले भने, ‘अहिले मिश्रित चुनावी नतिजा छ । कति ठाउँमा एमालेले जितेको छ, कति ठाउँमा कांग्रेसले जितेको छ । जति हामीले सोचेका थियौं, त्यति राम्रो भएको छैन । यद्यपि, अन्तिम परिणाम आउन बाँकी छ ।

बैठकमा अहिलेको परिणामको समीक्षा भएको र आगामी चुनावी रणनीति तय गर्ने र दोस्रो चरणको चुनावमा अलि प्रभावकारी ढंगले प्रस्तुत हुने निर्णय भएको आचार्यले बताए । उनले भने, ‘अब संविधान संशोधन गर्ने र आगामी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने विषयमा पनि बैठकमा छलफल भयो ।’

पूर्वसहमति अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहालले अब कांग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण गर्ने केन्द्रीय सदस्य आचार्यले जानकारी दिए । काँग्रेस र माओवादीबीच भएको भनिएको लिखित सहमतिअनुसार चैत अन्तिममा नै दाहाल पद छाडनुपर्नेमा निर्वचन ढिलो हुँदा एक महिनालाई लम्ब्याइएको हो ।

Advertisement

Advertisement

Advertisement