नेपाली सेलिब्रेटीहरुको रोजाईमा टाटाका कारहरु

Advertisement

काठमाडौंः नेपाली सेलिब्रेटीहरुको रोजाईमा टाटाका कारहरु पर्न थालेका छन् । पूर्व मिस नेपाल माल्भिका सुब्बादेखि नेपाल राष्ट्रिय फुटबल संघका पूर्वकप्तान हरि खड्का, नायिका प्रियंका कार्की, नेपाल राष्ट्रिय क्रिकेट टिमका उप कप्तान ज्ञानेन्द्र मल्लले टाटाको कार किनेका छन् ।
पूर्व मिस नेपाल सुब्बाले टाटाको बोल्ट कार खरिद गरेकी छन् । आकर्षक लुक एवं स्टाइलका कारण यो कार आफ्नो रोजाईमा परेको उनको भनाई छ । राष्ट्रिय फुटबल संघका पूर्वकप्तान खड्काले टाटाको टियागो गाडी खरिद गरेका छन् । आधुनिक प्रविधि, आकर्षक फ्यूल क्षमता, आरामदायी यात्रा जस्ता गुणका कारण आफूले यो कारण किनेको उनको भनाई छ ।

नायिका कार्कीले नेपालमा अग्रणी कम्प्याक्ट सेडानको रुपमा चर्चा बटुलेको टाटाको जेस्ट कार खरिद गरेकी छिन् । उनले नेपालमै बसेर पनि अन्तर्राष्ट्रियस्तरको लक्जरीयस कारको अनुभव बटुल्न पाएको बताएकी छन । राष्ट्रिय क्रिकेट टिमका उपकप्तान मल्लले टाटाको जेस्ट कार चढेका छन् । यो कार चढदा नयाँ र उत्कृष्ट ड्राइभिङ्ग अनुभव प्राप्त भएको अनुभव छ ।

आकर्षक लुक, उत्कृष्ट पर्फमेन्स, माइलेज र स्टाइलका कारण टाटोका जेस्ट, बोल्ट र टियागो कार नेपालीको छनोटमा परेको टाटाको नेपालस्थित बिक्रेता सिप्रदीको भनाई छ । उसले प्रिमियम इन्टेरियर, हरमन साउण्ड, एभिएस, जाभा ब्ल्याक र लाटेको डुअल टोनसँग राम्ररी मिलाइएको ड्यासबोर्डले यी कारलाई आकर्षक र आधुनिक बनाएको भन्दै लोकप्रियताको कारण यही भएको बताएको छ ।

Advertisement

Advertisement

Advertisement