सात बर्षमा १७ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य

Advertisement

काठमाडौंः सरकारले सात वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई बजेटमा पनि राखेको छ । यसअघि उर्जामन्त्री जनार्दन शर्माले पनि सरकारको उक्त लक्ष्य हुने बताएका थिए ।

अर्थमन्त्री कृष्णबहादुर महराले आम नेपालीको लगानी, विदेशमा बसेका नेपालीहरुको लगानी, सुरक्षा निकायसँग रहेको कोषको समेत सदुपयोग गरी उक्त लक्ष्य हासिल गर्ने बताएका हुन ।

विद्युतमार्फत खाना पकाउने एलपी ग्यासको विस्थापन गर्ने भन्दै राष्ट्रसेवकको लगानीमा पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने, अन्तरदेशीय प्रशारण लाइनको स्तरोन्नती गर्ने, प्रसारणलाइनमा निजी क्षेत्रलाई पनि सहभागी गराइने बताए ।

Advertisement

Advertisement

Advertisement