ओलीले प्रचण्डलाई प्रश्न गर्दै भने- के तिम्रो छोरा समाजसेवी नै हुन ?

Advertisement

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी ओलीले गणतन्त्र दिवसको अवसरमा प्रदान गरिएको मानपदवी र पदक वितरणको आलोचना र व्याङ्ग्य गरेका छन् ।

काठमाडौंको विजय सभालाई सम्बोधन गर्दै मंगलबार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहाललाई सुप्रबल जनसेवाश्री मानपदवी प्रदान गरिएकोमा आश्चर्य प्रकट गरे । प्रचण्डलाई प्रश्न गर्दै उनले ‘तपाईका छोरा महान समाजसेवी नै हुन् ?’ भने ।

सत्तारुढ दलहरुले भागवण्डा गरेर मानपदवी र पदक बाँडेको भन्दै ओलीले यसले मानपदवी र पदककै अपमान भएको बताए । उनले थपे ‘जसरी सम्मान वितरण गरियो, सरम गर्नुपर्ने अवस्था छ ।’

मानपदवी पाउने काँग्रेस र माओवादीबाहेक कोही थिएन ? भन्दै विवादास्पद अनुहारहरुलाई हचुवाको भरमा पदक बाँडिएको गुनासो गरे । उनले भने, ‘म प्रश्न गर्न चाहान्छु कति बिहे गर्यो भने मानसम्मान पाइन्छ ? देशका लागि काम गरेका अरु कोही भेटिएन ?’

‘यस्ता कुरामा लोकलाजको ख्याल गर्न सल्लाह दिँदै उनले सार्वजनिक पदमा बसेपछि त्यसको गरिमा राख्न सल्लाह दिए । उनले यसमा राज्यकोषको दुरुपयोग भएको बताए ।

प्रकाश दाहालबाहेक विभिन्न मुद्दामा पक्राउको प्रयास गर्दै आएका व्यवसायी राजेन्द्र खेतानलाई समेत पदकबाट सम्मान गर्ने निर्णय गरेको छ । स्वयम पदक वितरण समितिका पदाधिकारीदेखि विवादास्पद पत्रकार र अन्य व्यक्तिहरुलाई पदकको घोषणा गरिएको छ ।

Advertisement

Advertisement

Advertisement