साताको सुरुवात उत्साहजनक हुन सकेन, नेप्से करिव २० अंकले ओर्लियो

Advertisement

काठमाडौंः साताको पहिलो दिन आइतबार सेयर बजार उत्साहजनक हुन सकेन । आज नेप्से करिव २० अंकले ओर्लिएर एक हजार ६५० दशमलव ७८ विन्दुमा आइपुगेको छ । 

एक अर्ब रुपियाँभन्दा बढिले भइरहेको कारोबार पनि आज घटेर साढे ७८ करोड रुपियाँमा सीमित भएको छ । स्थानीय निर्वाचन हुने नहुने कुरामा देखिएको अन्योलता र राजनीतिक असहमतिको स्थितिले लगानीकर्तामा अब के हुन्छ ? भन्ने आंशका बढेको देखिन्छ । जसको प्रभाव सेयर बजारमा पनि परेको विश्लेषकहरुको भनाई छ । 

Advertisement

आज उत्पादनमूलक र अन्यबाहेक सबै समूहहरुको उपसुचकमा गिरावट छ । जलविद्युत समूहको उपसुचक दुई दशमलव ३९ प्रतिशतले गिरावट छ भने बिमा समूह झण्डै दुई प्रतिशतले र बाणिज्य बैंक समूहको उपसुचक एक दशमलव ३९ प्रतिशतले झरेको छ । 

Advertisement

Advertisement