सेयर बजारमा सामान्य सुधार, होटल समूह भने गिरावटै

Advertisement

काठमाडौंः सेयर बजारमा मंगलबार सामान्य सुधार भएको छ । आइतबार भारी अंकले ओर्लिएको नेप्से परिसुचक आज भने सात दशमलव ५५ अंकले उक्लिएको छ । कारोबार रकममा पनि आइतबारभन्दा केही वृद्धि भएको छ । 

निर्वाचनको माहौलले सेयर बजारमा उत्साहजनक सुधार आउने लगानीकर्ताले आशा गरे पनि त्यस्तो हुन सकेन । बैंकिङ र वित्तीय क्षेत्रको कारोबार राम्रो हुँदा नेप्से एकल अंकमा भए पनि सुधार हुन सकेको हो । होटल, वित्त कम्पनी, उत्पादनमूलक र अन्य समूहका कम्पनीहरु आज पनि ओरालै लागे । होटल समूहको उपसुचक सबैभन्दा बढि एक दशमलव ३५ प्रतिशतले घटेको छ । 

Advertisement

आज कुल १४३ कम्पनीको सेयर कारोबार भएकोले झण्डै ९३ करोड रुपियाँको सेयर किनबेच भयो । निर्वाचन घोषणासँगै उत्साहजनक ढंगले बढेको सेयर बजार गएको साता केही उतार चढाए पनि पनि मंगलबार मनोनयनन गर्दासँगै निर्वाचनको सुनिश्चितताले नेप्सेमा दोहोरो अंकको सुधार आउने आशा थियो । 

Advertisement

Advertisement