महालेखा परीक्षकमा टंकमणि शर्मालाई सिफारिस

Advertisement

काठमाडौंः संवैधानिक परिषद्ले महालेखा परीक्षकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टङ्कमणि शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बुधबार बसेको परिषद्को बैठकले सचिव शर्मालाई सो पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार विगत केही समयदेखि खाली रहेको महालेखा परीक्षक पदमा नियुक्तिका लागि शर्मालाई सिफारिस गरिएको हो । 

Advertisement

व्यवस्थापिका–संसद्को सार्वजनिक सुनुवाइ समितिमा सुनुवाइका लागिसमेत परिषद्ले पत्र पठाएको छ । सार्वजनिक सुनुवाइपछि राष्ट्रपतिले महालेखा परीक्षकमा नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ । 

हाल प्रधानमन्त्री कार्यालयका सचिव रहेका शर्माले मुलुकमा वित्तीय अनुशासन कायम गर्न आफूले पहल गर्ने बताएका छन् । उनले भने – “वित्तीय अनुशानसन कायम गर्न मेरो तर्फबाट प्रयास रहनेछ । बेरुजु फछ्र्योटमा विशेष ध्यान दिनेछु ।” 

Advertisement

Advertisement