मध्य भोटेकोसीको दुई करोड ९० लाख कित्ता साधारण सेयर आगामी  वर्ष

Advertisement

काठमाडौँ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी मध्य भोटेकोसी जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने भएको छ । 

कम्पनीले सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको प्राथमिक सेयर निष्कासन गर्न लागेको हो ।  

Advertisement

सेयर निष्कासन तथा बिक्री प्रबन्धकका लागि कम्पनी र सात मर्चेन्ट बैंकरबीच बिहीबार सम्झौता भएको आयोजनाले जनाएको छ । 

कम्पनीले  सेयर बिक्रीका लागि  ग्लोबल आइएमई क्यापिटल, प्रभु क्यापिटल, सिभिल क्यापिटल मार्केट, एस क्यापिटल, सिबिआइएल क्यापिटल, सानिमा क्यापिटल र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले सम्झौता गरेको जनाएको छ । 

कम्पनीको एक सय रुपिया अङ्कित मूल्यको  दुई अर्ब ९४ करोड रुपिया बराबरको दुई करोड ९४ लाख कित्ता  साधारण सेयर  निष्कासन गर्न लागेको हो । 

कम्पनीका अनुसार पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि १९.५ प्रतिशत अर्थात् रुएक अर्ब १७ करोड रुपिया  बराबरको सेयर दिने भएको छ । 

यस्तै संस्थापक सेयरधनी संस्थाका कर्मचारीका लागि ३.५ प्रतिशत अर्थात् र २१ करोड रुपियाको २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि एक करोड ६० लाख रुपिया बराबरको सेयर निष्कासन गर्न लागेको हो । 

यसैगरी, दोस्रो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १० प्रतिशत अर्थात् र ६० करोड रुपियाको ६० लाख कित्ता सेयर तथा तेस्रो चरणमा सर्वसाधारण र कम्पनीका कर्मचारीका लागि पुँजीको १५ प्रतिशत अर्थात्  ९० करोड रुपियाको ९० लाख कित्ता सेयर निष्कासन तथा बिक्री प्रबन्धक गर्न सम्झौता भएको कम्पनीले बताएको छ । 

सञ्चय कोषका सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र कम्पनीका कर्मचारीका लागि भदौसम्म सेयर निष्कासन गरिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीराम पाण्डेले बताए । उनकाअनुसार आगामी आर्थिक वर्षभित्र लक्षित सबैका लागि सेयर निष्कासन गरिनेछ । रासस

Advertisement

Advertisement