बेलायतको 'सेटलमेन्ट भिषा' प्रक्रिया अव नेपालबाटै

Advertisement

काठमाडौँ: बेलायत सरकारले जारि गर्ने सेटलमेन्ट भिषा अव यूकेको सेफिल्डबाटै जारी गर्ने भएको छ ।

२०१७ को १ मेदेखि लागु गरिएको नयाँ व्यवस्था अनुसार नेपालबाट सेटलमेन्ट भिषा लिन चाहनेले पासपोर्ट र आवश्यक दस्तुर भिषा एप्लिकेसन सेन्टर, काठमाडौंमा बुझाउनुपर्ने र बाँकी सबै सपोर्टिङ डकुमेन्ट यूके भिषा एण्ड इमिग्रेसन अफिस, सेफिल्डमा पठाए पुग्ने जनाइएको छ ।

Advertisement

यसअघि काठमाडौंमा निवेदन दिएपछि भारतको नयाँ दिल्लीमा रहेको ब्रिटिस हाइ कमिसनबाट भिषा जारी हुन्थ्यो ।

नेपालबाट बालबच्चा, श्रीमान् श्रीमती वा भूपू गोर्खाका सन्तान यूके झिकाउने सन्दर्भमा सेटलमेन्ट भिषा लिन नयाँ व्यवस्था गरिएको हो ।

आवेदन फारामसहित अंग्रेजी भाषाको सर्टिफिकेट, सम्वन्ध प्रमाणित हुने, बस्ने व्यवस्था भएको देखिने कागजात, बैंक स्टेटमेन्ट आदि कागजात बेलायतको सेफिल्ड पठाउन पर्ने भएको हो ।

यसअघि सोहि काम बेलायती विदेश मन्त्रालय (एफसीओ) ले नयाँ दिल्लीमा हेर्ने गरेकोमा अब होम अफिसले नै जिम्मा लिनेछ ।

 

Advertisement

Advertisement