साताको सेयर बजार: नेप्से र कारोबार दुवै ओरालो

Advertisement

काठमाडौंः यस साता सेयर बजार परिसुचक नेप्से १७ दशमलव ४४ अंकले घटेर एक हजार ६५३ दशमलव १८ अंकमा आइपुगेको छ भने कारोबार रकम ४० दशमलव २६ प्रतिशत घटेर तिन  अर्ब ४० करोड रुपियाँको मात्रै कारोबार भएको छ । 

यो साता उत्पादनमूलक र अन्य बाहेक बाँकी सबै समूह ओरालो लागेको छ । जसमा सबैभन्दा बढि बिमा समूहको उपसुचक झण्डै १६६ दशमलब ०४ अंकले घटेर आठ हजार ८८४  दशमलव ८२ अंकमा आइपुगेको छ । 

Advertisement

त्यसपछि क्रमसः होटल समूह ५२ दशमलब २ अंकले, बिकाश  बैंक समूह १६ दशमलब ३२ अंकले, बाणिज्य बैंक समूह १५ दशमलब ७८ अंकले, जलविद्युत समूह १६ दशमलब १५ अंकले, वित्त १४ दशमलब ८५ अंकले घटेका छन् । 

उत्पादनमूलक  समूह  २२ दशमलब ६६ अंकले र अन्य समूह २ दशमलब ६ अंकले माथि चढेका छन् । 

यो साता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३ दशमलव ६६  अंकले घटेर ३५३ दशमलव ५५ अंकमा आइपुगेको छ । यस साता कारोबार रकम (१६ करोड ८० लाख १० हजार रुपियाँ)को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड  अग्रस्थानमा रहेको छ । 

त्यसैगरी कारोबार भएको सेयर संख्या (२ लाख ५६  हजार कित्ता)को आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा छ भने कारोबार संख्या (दुई हजार १६९ वटा)को आधारमा अरुण काबेली  पावर लिमिटेड अग्रस्थानमा छ । 

Advertisement

Advertisement