दिल्लीमा गैरआवासीय राजदूतहरुको सम्मेलन

Advertisement

काठमाडौंः इन्ष्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो–इकोनोमिक रिसर्जले परराष्ट्र मन्त्रालय, दिल्लीस्थित नेपाली दूतावास र प्याबिलियन ग्रुपको सहकार्यमा भारतको नयाँ दिल्लीमा नेपाल हेर्ने गैरआवासीय राजदूतहरुलाई लक्षित गरेर कुटनीतिक सम्वन्ध भएका मुलुकहरुसँग आर्थिक सम्वन्ध विस्तारबारे छलफल भएको छ । 

यो कार्यक्रमको उद्देश्य गैरआवासीय राजदूतहरुलाई नेपालको आर्थिक अवस्था, लगानीको अवसर, लगानीको बाताबरण तथा पुनर्निर्माणको अवस्थाबारे जानकारी दिने, ती मुलुकहरुमा आर्थिक संभावनाका क्षेत्र बारेमा छलफल भएको थियो । 

Advertisement

छलफलमा राजदूत, भारतीय लगानीकर्ता, भारतीय विदेश मन्त्रालयका प्रतिनिधि, नेपालको निजी क्षेत्रका प्रतिनिधिसमेत सहभागी छन् । शुक्रबारदेखि सुरु भएर शनिबार सम्पन्न भएको कार्यक्रमको उदघाटन परराष्ट्रमन्त्री र भारतीय विदेश राज्यमन्त्री भीके सिंहले गरेका थिए । 

कार्यक्रममा महतले यो सम्मेलनलाई विशिष्ट र पहिलो भन्दै सहभागीहरुलाई ढुक्क भएर कृषि, जलस्रोत, पर्यटन र शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रमा लगानी गर्न आह्वान गरे । भारतीय विदेश राज्यमन्त्री सिंहले नेपालमा निजीक्षेत्र बढि मात्रामा व्यापारिक क्षेत्रमा लागेकाले उनीहरुलाई पूर्वाधार र अन्य क्षेत्रमा लागानी गर्न आह्वान गरे । भारत र चीनको विकासबाट नेपालमा लगानीको वातावरण बनेको उनको भनाई छ । 

Advertisement

Advertisement