मुलुकको राजनीति भरतपुरमा केन्द्रित, रेणुले हारे सत्ता समीकरण उल्टिनसक्ने

Advertisement

भरतपुरः प्रमुख दलहरुको राजनीतिक केन्द्र चितवन बनिरहेको बेला बिहीबार काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई चुनौति दिन एमाले अध्यक्ष केपी ओली पनि चितवन आइपुगेका छन् । 

काँग्रेस र माओवादीले संयुक्त सभा गरिरहँदा एमालेले आयोजना गरेको छुट्टै सभामा ओलीले देउवा र दाहालको कडा आलोचना गरे । भरतपुर महानगरपालिकामा माओवादी नेतृ एवं दाहाल पुत्री रेणु मेयरकी उम्मेदवार छन् । रेणुलाई काँग्रेसले समेतन समर्थन गरेको छ भने पोखरा महानगरमा काँग्रेसका मेयर उम्मेदवारलाई माओवादीले समर्थन गरेको छ । 

Advertisement

काँग्रेस माओवादीको तालमेलअनुसार बनेका उम्मेदवारहरुलाई जसरी पनि पराजित गर्न विपक्षी एमालेले पनि आफ्नो शक्ति चितवनको भरतपुरमा केन्द्रित गरेको छ । भरतपुर काँग्रेसको गढको रुपमा चिनिन्छ । यता सत्ताधारी दलहरुमा भने रणुले हारे अहिलेको काँग्रेस र माओवादीको गठवन्धन टुटनसक्ने र एमाले र माओवादीको नयाँ गठवन्धनले सरकार बनाउन सक्ने संभावना भएकाले देउवा जसरी पनि रेणुलाई जिताउनुपर्छ भनेर लागेका छन् । 

नारायणगढमा आयोजित एमाले सभामा ओलीले शेरबहादुर देउवालाई लषित गर्दै शेर सुनाए । उनको शेर थियो ‘कहिले टाउकाको मोल तोक्ने कहिले साथीको छोरीलाई काँधमा बोक्ने’ । म नाम त भन्दिन, तपाईँहरुले थाहा पाइहाल्नु हुन्छ भन्दै देउवालाई प्रहार गरेका थिए । 

उनले फेरि थपे, ‘प्रधानमन्त्री हुनु छ कि छैन तपाइँलाई ? त्यसो भए खुरुक्क मेरी छोरीलाई टाउकोमा बोक्नुहोस्।’ छोरी उम्मेदवार हुने, बाउ प्लेनबाट आउँछन् कस्सिएर प्रचार गर्न भन्दै ओलीले भने, ‘अर्काका छोराछोरी मारेपनि माया नलाग्ने, आफ्ना छोराछोरी मेयर बनाउनु पर्ने ?’ 

भरतपुरमा इलेक्ट्रिक मेट्रो रेल कसरी चलाउने भनेर एमालेले सोचिरहेको भन्दै ओलीले ‘कुर्सीमा मात्रै ध्यान हुने, आफ्नै छोरीमा मात्रै ध्यान हुनेहरुले कताबाट बुझ्ने विद्युतीय रेलका कुरा ?’ 

उनले विकासका लागि पैसाको अभाव होइन इमान्दारिताको खाँचो छ भन्दै भने, ‘हामी शान्तिपूर्णरुपमा चुनाव होस् भन्ने चाहन्छौं। तर, हाम्रा प्रतिस्पर्धीहरु आतंकित भएर आक्रमणमा उत्रन थालेका छन् । १२ वर्ष ढुंग्रोमा राखिसकियो, अहिले हेर्दा जस्ताको तस्तै छ।’ 

आफूहरुले सहिष्णुता देखाउने तर जे गर्दा पनि चुप लागेर एमाले नबस्ने उनको चेतावनी छ । एमाले सभालाई सो पार्टीका महासचिव इश्वर पोखरेल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, भरतपुर महानगर प्रमुख पदका उम्मेदवार देवी ज्ञवाली, उपप्रमुख पदकी उम्मेदवार दिव्या शर्मा आचार्य लगायतले सम्बोधन गरेका थिए।

यति एयरलायन्सको विमानबाट साढे बाह्र बजे भरतपुर विमानस्थलमा ओली आइपुगेको थिए । त्यसको आधा घण्टापछि बुद्ध एयरलायन्सको विमानबाट प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहाल र काँग्रेस सभापति देउवा भरतपुर विमानस्थलमा ओर्लिएका थिए । 

Advertisement

Advertisement