महन्थ ठाकुरले घृणित काम गरे, यो घटिया षड्यन्त्र होः उपेन्द्र यादव

Advertisement

काठमाडौंः संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले हालै संघीय गठबन्धनबाट आफूलाई हटाएको भनेर बाहिर प्रचार भएको विषयलाई लिएर यसलाई घृणित कार्यको संज्ञा दिएका छन् । 

रिपोर्टर्स क्लवमा शुक्रबार उनले भने, ‘महन्थ ठाकुरजीले आफू अध्यक्ष भएको भनेर आँफै मनगणन्ते वक्तव्य जारी गर्नुभएछ, मलाई भनेको भए त म आफै उहाँलाई सम्मानजनक रुपमा फुल, माला र अविर लगाएर पद दिन्थें नि, यो त घटिया षड्यन्त्र हो ।’

Advertisement

विगतमा गठबन्धनको विरुद्धमा उफ्रिनेहरुले नै आज यस्तो घृणित काम गरेको यादवको आरोप छ । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोप्रति लक्षित गर्दै उनले यस्तो आरोप लगाएका हुन् । 

यादवले भने, ‘एक दुई जना मान्छे बोलाएर आफूले आफैलाई गठबन्धनको संयोजक तोक्नु लाजमर्दो कुरा हो ।’ उनले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग पार्टी एकता हुने तर अहिले हतारमा प्रक्रिया अघि नबढाइहाल्ने बताए ।

यादव भने, ‘पार्टी एकीकरण भनेको गिट्टी, बालुवा मिसाएजस्तो होइन नि, विचार मिल्नुपर्यो, भावना मिल्नुपर्यो, आवश्यकता हुनुपर्यो ।’ 

मुलुकलाई निकास दिलाउनको लागि आफ्नो पार्टी निर्वाचनमा सहभागी भएको भन्दै यादवले भने भने, ‘निर्वाचनमा नजाँदा किन गइनस् ? भन्छन्, अनि निर्वाचनमा भाग लिँदा किन सहभागिता जनाइस् भन्छन् ? यो कस्तो प्रश्न होला, बडा विचित्र छ ।’

आफ्नो पार्टीले संविधान संशोधन प्रस्ताव पारित नभएसम्म निर्वाचनमा नजाने अडान लिइरहेको अवस्थामा एक्कासी यु–टर्न लिएको भनेर बाहिर चर्चा भएकोप्रति टिप्पणी गर्दै उनले भने, ‘निर्वाचनबाट मुलुकलाई अघि बढाउन सकिन्छ भन्ने सोचेर नै निर्वाचनमा सहभागी हुने निर्णय गरेको हुँ ।’ 

निर्वाचनमा भाग लिएपनि आफ्नो पार्टीले कुनै मुद्दा नछोडेको यादवले बताउ । उनले चुनावलाई पनि आफूहरुले संघर्षको रुपमा लिएको बताए । यादवले भने, ‘निर्वाचनमा भाग लिनु भनेको जनतामा जानु हो, त्यसैले यो पनि एउटा संघर्ष नै हो नि ।’

उनले आफूहरुले उठाएका मुद्दाहरु संविधान संशोधनमार्फत सम्बोधन गर्ने भनेर नै सरकारले परिमार्जितसहितको संविधान संशोधन विद्येयक सदनमा अघि बढाएकोले पारित हुने विश्वासका साथ आफ्नो पार्टी चुनावमा होमिएको बताए । 

Advertisement

Advertisement