दरबारमार्गमा देखिए 'दिपेन्द्र सरकार'

Advertisement

काठमाडौँ: नेपाली चलचित्रमा तत्कालिन दरबार हत्याकाण्डको कथा अनि युबराज दिपेन्द्र शाहको प्रेमकथामा आधारित भएर २०७५ जेठ १९ गते 'दिपेन्द्र सरकार' नामक चलचित्र आउने भएको छ ।

बुधार आयोजना गरिएको एक बिशेष कार्यक्रममा उक्त जानकारी दिइएको हो । करिव ५ करोड ५० लाखको लागतमा बन्न लागेको यस चलचित्रमा दिपेन्द्र युबराज हुँदादेहि उनले गरेको माया प्रितीको काहानीमा आधारित रहेर फिल्म बन्ने भएको हो  ।

दिपेन्द्रको भूमिकामा नायक प्रदीप खड्का देखिने छन् ।  चलचित्रमा स्वर्गीय दिपेन्द्र शाहद्वारा लिखित गीतहरु प्रदर्शित हुने छन् ।  बिबेक कुमार शाहद्वारा लिखित पुस्तक 'मैले देखेको दरबार' बाट उक्त फिल्म बन्नेछ  । प्रेम गीत, चंखे, संखे पाङ्खे जस्ता चलचित्रमा अभिनय गरिसकेका नायक प्रदीपले यस चलचित्रबाट उनको स्तर अझै माथि पुग्ने आड्कल गर्न सकिन्छ।

यस फिल्मको निर्देशन भने कसले गर्ने भन्ने बारे अझै खुलाइएको छैन तर निर्माता भने सन्तोष सेनको रहने छ। यस चलचित्र नेपाल, अमेरिका र बेलायतमा छायांकन हुने जानकारी दिइएको छ ।

कथामा मुख्य गरी दिपेन्द्र शाह राजकुमार रहंदा उनले लाएका माया प्रेमजस्ता घटनाहरुलाई मुख्य गरि देखाइने बताइएको छ ।

Advertisement

Advertisement

Advertisement