बिखण्डनकारी र सामाजिक सदभाव भडकाउने गतिविधि हेरेर बस्न सेना सक्दैनः क्षत्री

Advertisement

काठमाडौंः प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेना राष्ट्रिय अखण्डताको रक्षाका लागि प्रतिवद्ध रहेको भन्दै बिखण्डनकारी गतिविधि हेरेर बस्न नसक्ने बताएका छन् । क्षत्रीले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधिनताको रक्षा गर्नका लागि सेना प्रवद्ध रहेको बताएका छन् ।

पोखराको फुलबारी ब्यारेकमा शुक्रबार आयोजित भूपूसैनिक सम्मेलनमा क्षत्रीले राजनीतिक बहानामा बिखण्डनकारी र सामाजिक सदभाव खल्बल्याउने गतिविधिलाई छुट दिन नसकिने बताएका हुन ।

मुलुकमा सामाजिक सद्भाव खल्बलाउने दुस्प्रयासमा बिखण्डनकारी सक्रिय रहेको भन्दै सेनापति क्षत्रीले नेपाली सेनालाई संविधानले दिएको अधिकार प्रयोग गरी बिखण्डनकारीहरुलाई परास्त गर्ने बताए ।

मुलकभित्र बसोबास गरेर बिखण्डनकारी भूमिका खेल्न र सामाजिक सद्भाव खल्बल्याउने दुसप्रयास गर्न कसैलाई पनि छुट नरहेको भन्दै उनले संविधानको अधिनमा रही त्यस्ता गतिविधि परास्त गर्न सेना तयार रहेको बताए ।

प्रधानसेनापति क्षत्रीले पहिलो चरणको स्थानीय चुनाव सम्पन्न गन नेपाली सेनाको ठूलो भूमिका खेलेको र दोश्रो चरणमा सेनाले आफ्नो तर्फबाट निभाउनुपर्ने भूमिका निभाउने भन्दै मुलुकमा शान्ति व्यवस्था गर्ने कार्यमा सेना प्रतिवद्ध रहेको बताए ।

नेपालको संविधान र सरकारले निर्दिष्ट गरेका जिम्मेवारीहरु पूरा गरेर पुर्खाले रचेको गौरवमय इतिहासलाई जिवन्त राख्न नेपाली सेनाले कुनै कसर बाँकी नराख्ने भन्दै उनले भूतपूर्व सैनिकहरुले राष्ट्र सेवामा रहँदा अनुशासित पहरेदार र कर्मठ सिपाही भएर निभाएको भुमिकाले नै आज नेपाली सेना सुदृढ र सक्षम संगठनको रुपमा स्थापित भएको बताए ।

क्षत्रीले मातृभूमि रक्षाको खातिर अवकाशप्राप्त सैनिकहरुले दिएको योगदान र समर्पण इतिहासका पानाहरुमा सुनौलो अक्षरले लेखिएको बताए । सेनाको कल्याणकारी कार्यक्रमहरु अवकाश प्राप्त सैनिकहरु र हिताधिकारीको सर्वाेपरी हितका लागि केन्द्रित गरिएको बताउँदै उनले शिक्षा, स्वास्थ्य र स्वरोजगारका क्षेत्रमा समयानूकुल परिवर्तन र अन्य कल्याणकारी कार्यक्रमहरु सञ्चालन गर्ने बताए ।

Advertisement

Advertisement

Advertisement