‘हिमालको प्रवेशद्धार नेपाल’

Advertisement

काठमाडौंः पर्यटकका लागि नेपाल हिमालको प्रवेशद्वार हो भन्ने सन्देश विश्व पर्यटन बजारमा प्रवाह गर्ने उद्देश्यले नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय ‘हिमालयन ट्राभल मार्ट २०१७’ सम्मेलन सुरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल गेट वे टु दी हिमालय’ भन्ने मूल नाराका साथ आयोजित उक्त सम्मेलनको शुक्रबार शुभारम्भ गरिन । राष्ट्रपति भण्डारीले पर्यटन क्षेत्रको विकासका लागि पर्यटकीय पूर्वाधारको विकास जरुरी रहेको भन्दै नेपाल विश्वमा पर्यटकका लागि उत्तम आकर्षण स्थल रहेको बताइन ।

एयर इन्डियाका प्रबन्ध निर्देशक अस्विनी लोहनीले नेपालको पर्यटन पूर्वाधार विकासका लागि सूचना प्रविधि, सुरक्षा एवम् विश्वलाई जोड्ने विषयमा विशेष ध्यान दिनुपर्ने बताए । नेपाल पर्यटन बोर्ड मुख्य आयोजक र प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर कार्यकारी आयोजक रहेको सो सम्मेलनमा स्वदेशी तथा विदेशी पर्यटन व्यवसायीको सहभागिता रहेको छ ।

सम्मेलनमा विभिन्न ५३ देशका २५० जना प्रतिनिधि सहभागी रहेका छन । यस सम्मेलनमा विश्वमा पर्यटनका क्षेत्रका क्रेता र बिक्रेताका विषयमा जानकारी आदानप्रदान गरिनेछ । सम्मेलनमा पाटाका अध्यक्ष सारह म्याथुले नेपालमा सुरु भएको सम्मेलनले पर्यटन क्षेत्रमा दीर्घकालीन रुपमा सकारात्मक प्रभाव पार्ने बताए ।

Advertisement

Advertisement

Advertisement