धुर्मुस सुन्तलीद्धारा अर्को नमुना बस्ती निर्माणको घोषणा

Advertisement

काठमाडौंः हास्य कलाकारद्धय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले फेरि अर्को नमुना बस्तीको निर्माण गर्ने घोषणा गरेका छन् । यसअघि भूकम्प पीडित र पिछडिएको अल्पसंख्यक समुदाय मुसहरहरुका लागि तीनवटा सफल नमूना बस्ती निर्माण पूरा गरेका उनीहरुले शनिबार अर्को नमुना बस्ती निर्माणको घोषणा गरेका हुन ।

धुर्मुस र सुन्तलीले खडा गरेको सामाजिक संख्या धुर्मुस सुन्तली फाउण्डेशनमार्फत अघि सारिएको चौथो परियोजना नेपाललाई विश्वमा चिनाउने ‘नमुना नेपाल’ हुनेछ ।

यो परियोजना सम्पूर्ण नेपालको झल्को दिने र पर्यटन प्रबर्द्धनको लागि महत्वपूर्ण टेवा पुग्ने खालको हुने भन्दै फाउण्डेशनले यसमा देशका सम्पूर्ण जातजातिहरुको सांस्कृतिक प्रतिनिधित्वसमेत हुनेगरी पीडित परिवारहरुको साझा थलो हुने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement