निलम्बित शर्मालाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न विशेषको आदेश

Advertisement

काठमाडौं: तीन दिन अघि भ्रस्टाचार मुद्दामा पक्राउ परेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई अनुसन्धान गर्न विशेष अदालतले सात दिनको म्याद दिएको छ ।

शर्मालाई आज अख्तियारले विशेष अदालतमा उपस्थित गराएको थियो । विशेष अदालतले सार्वजनिक बिदाको दिनलाई समेत गन्ने गरी शर्मालाई थुनामा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद थमाइएको हो।

उनले पत्रकारहरुसंग कुरा गर्दै भने- "मेरो गिरफ्तारी गैरकानुनी छ" ।

अख्तियारले उनलाई नियम विपरित बिभिन्न फर्महरुलाई कर छुट दिने लगायतका काममा सघाएको र अनिमियतताको आरोपमा शुक्रबार पक्राउ गरेको थियो । अख्तियारले भ्रष्टाचार आरोपमा पक्राउ गरेसँगै शर्माको पद निलम्बनमा परिसकेको छ।

Advertisement

Advertisement

Advertisement