स्वास्थ्य क्षेत्रको सुधारलाई निरन्तरता दिन मेरो भूमिका अझै जरुरी छः गगन

Advertisement

काठमाडौंः स्वास्थ्य मन्त्री गगन थापाले देउवा नेतृत्वको सरकारमा पनि अहिलेकै मन्त्रालयमा काम गर्ने आफ्नो इच्छा प्रकट गरेका छन् । आफ्नो दश महिने कार्यकालमा भएका प्रगतिबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि अझै काम बाँकी रहेको भन्दै आफ्नो इच्छा जनाएका हुन ।

आफूले अघि सारेका सुधारका सकारात्मक परिवर्तनलाई दिगो बनाउन जरुरी रहेको भन्दै थापाले त्यसका लागि आफ्नो भूमिका जरुरी रहेको बताएका छन् । तर, नयाँ सत्तासमीकरणमा आफ्नो संभावना के हुन्छ ? भन्न नसकिने बताए । उनले आफूले अघि बढाएका कदमहरुले निरन्तरता पाए सबै नेपालीले गुणस्तरीय स्वास्थ्य उपचारमा पहुँच पाउनेसमेत दावी गरे ।

थापाले आफ्नो कार्यकालमा स्वास्थ्य सेवालाई राष्ट्रिय मुद्दाको स्थापित गरेको भन्दै निःशुल्क स्वास्थ्य सेवा विस्तार गरिएको जनाउदै स्वास्थ्य सेवाको गुणस्तरीयता अभिबृद्धि र प्रभावकारी नियमन समेत गरिएको बताए ।

उनले नौ महिनायता प्राथमिक स्वास्थ्य सेवाको सुधारमासमेत महत्वपुर्ण उपलब्धी हाँसिल भएको, नसर्ने रोग नियन्त्रणका लागि कार्यक्रम विस्तार अन्तर्गत यो आर्थिक वर्षमा एक हजार ठाउँमा पेन प्याकेज पुग्ने अवस्था रहेको, स्वास्थ्य क्षेत्रको सुशासन बढेको भन्दै अहिले अघि बढेका थुप्रै योजना, कार्यक्रमहरू आगामी स्वास्थ्य मन्त्रीको कार्यकालमा निरन्तरता पायो भने मात्र सबैले चाहे अनुसारको स्वास्थ्य क्षेत्रमा परिवर्तन देखिने बताए ।

Advertisement

Advertisement

Advertisement