पत्रकार उपाध्यायलाई राष्ट्रिय वातावरण पत्रकारिता पुरस्कार

Advertisement

काठमाडौंः सरकारले यस वर्षको उत्कृष्ट राष्ट्रिय वातावरण पत्रकारिता पुरस्कार लक्ष्मीप्रसाद उपाध्यायलाई प्रदान गरेको छ । विश्व वातावरण दिवसका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सो पुरस्कार प्रदान गरेकी हुन ।

जनसंख्या तथा वातावरण मन्त्रालयद्धारा दिइने पुरस्कारको राशी ५० हजार रुपियाँ रहेको छ । प्रकृतिसँग हाम्रो सम्बन्ध ः रहिरहोस अनन्त भन्ने नाराका साथ देशभरी बिभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइदैछ । पुरस्कार छनौटका लागि एक समिति पनि गठन गरिएको थियो ।

वातावरण संरक्षण, जलवायु परिवर्तन, विश्वव्यापी रुपमा बढ्दै गएको तापक्रम, वन, वनस्पति, वन्यजन्तु तथा ऊर्जा क्षेत्रमा अध्ययन अनुसन्धान तथा लेखन गरे वापत सो पुरस्कार प्रदान गरिएको जनसंख्या तथा वातावरण मन्त्रालयले जनाएको छ ।

सञ्चारकर्मी उपाध्यायले विगत डेढ दशकदेखि वन, वातावरण तथा ऊर्जा क्षेत्रमा अध्ययन अनुसन्धान तथा लेखन कार्य गर्दै आएका छन् । उनी पत्रकारिता विषयको प्राध्यापन पेशामा समेत संलग्न छन् । पुरस्कृत पत्रकार उपाध्यायले विशेष गरी जलवायु परिवर्तनले नेपालका हिमाल, जैविक विविधता, वन्यजन्तु तथा वनस्पति, खेती प्रणाली तथा मानव समुदायमा पारेको असरका बारे बिभिन्न अध्ययन अनुसन्धानमा सहभागिता जनाउँदै आएका छन् ।

Advertisement

Advertisement

Advertisement