विदेशबाट फर्किएका कामदारको लगत राख्ने श्रम मन्त्री मंसुरको पहिलो निर्णय

Advertisement

काठमाडौं: नवनियुक्त श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मंसुरले वैदेशिक रोजगारीबाट फर्किएका कामदारको रेकर्ड राख्न तयारी सुरु भएको बताएका छन् ।

गृह मन्त्रालयसँग छलफल गरेर सफ्टवाइर निर्माण गर्ने श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले दिए ।

मंसुरले पदभार ग्रहण गर्दै वैदेशिक रोजगारीबाट फर्किएका कामदारको रेकर्ड राख्ने आवश्यक व्यवस्थाका गर्न निर्देशन हिजो दिएका थिए ।

गृह मन्त्रालयले पनि विमानस्थलमा आवात जावत गर्ने यात्रुको रेकर्ड राख्ने भएकाले गृहसँग सहकार्य गरेर सफ्टवयर तयार गर्न लागिएको प्रवक्ता भुर्तेलले बताए । वैदेशिक रोजगारीबाट फर्किने कामदारको रेकर्ड नराख्दा विदेशमा कति नेपाली छन् भन्ने ऐकिन तथ्याँक छैन ।

Advertisement

Advertisement

Advertisement