जनता बैंकको चौथो सिइओमा कुँवर

Advertisement

काठमाडौँ: जनता बैंकले प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रुपमा बिगत तीन वर्षदेखि बैंकिङ् क्षेत्रबाट टाढा रहेका बैंकर पर्शुराम कुँवर क्षेत्रीलाई नियुक्त गरेको छ।

बैंकका पुर्व सिइओ कुमार लम्सालले विवादका कारण राजिनामा दिएपछि लामो समयदेखि पद रिक्त रहेको थियो । उनलाई राष्ट्र बैंकले समेत तलवमान बढी लिएको र बैंक संचालक समितिले पनि उल्लेख्य कम गर्न नसकेको भनेर चित्त बुझाएका थिएनन् ।

क्षेत्रीलै बैंक सञ्चालक समितिको हिजो बसेको बैठकले चार बर्षका लागि नियुक्त गरेको बैंकले जनाएको छ ।

उनीसँग स्ट्यान्डर्ड चार्टर्ड (तात्कालिन ग्रिन्डलेज) बैंक, ग्रान्ड बैंक आदिमा सफलतापूर्ण कार्यसम्पादन गरि सकेको अनुभव छ ।

उनी सिटिजन्स बैंक इन्टरनेशनलको महाप्रवन्धक भएर पनि काम गरि सकेका छन् । नेपाल बैंक लिमिटेडमा वित्तीय क्षेत्र सुधार कार्यक्रम मार्फत उनले करियर सुरु गरेका हुन् ।

बैंक अफ एशियाका संस्थापक सिईओ कुँवर वित्तीय शुसाशनमा बढी ध्यान दिने व्यक्तिका रुपमा परिचित छन् । अब भने उनले जनता बैंक लिमिटेडको चौथो सिईओको रुपमा काम गर्ने अवसर पाएका छन् ।

केहि समय उनले डिएफआईडिमा परामर्शदाताको रुपमा समेत गरेका थिए भने हाल जनता बैंकको पनि परामर्शदाताको रुपमा सक्रिय थिए ।

Advertisement

Advertisement

Advertisement