राजधानीमा मेलम्चीको पाइप बिच्छ्याउने काम सक्न अझै ८५ किमि बाँकि

Advertisement

काठमाडौंः राजधानीमा बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउने काम सक्न अझै ८५ किमि बाँकि रहेको छ जसले गर्दा राजधानीबासीले आउँदो दशैंसम्ममा मेलम्चीको पानी पिउने सपना पूरा हुन अझै केहि समय कुर्नु पर्ने देखिन्छ ।

मेलम्चीको पानीको लागि खाने पानीको पाइप बिच्छ्याउने काम तीव्र गतिमा अगाडि बढे पानी अझै ८५ किमि काम गर्न बाँकि रहेको हो ।

उपत्यकाभित्र पानी पु¥याउनका लागि ६७० किलोमिटर पाइप बिच्छ्याउनुपर्ने भए पनि हालसम्म ५८५ किमी क्षेत्रमा पाइप बिच्छ्याइसकिएको मेलम्ची खानेपानी आयोजना–२, आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रमुख तिरेश खत्रीले बताए ।

मेलम्चीबाट सुरुङमार्ग हुँदै सुन्दरीजल ल्याइने पानी सुन्दरीजलमा बनाइएको पानी प्रशोधन केन्द्रबाट उपत्यकाका विभिन्न ११ स्थानमा निर्माण गरिएको ट्याङ्कीबाट जनताको घरमा पानी सोच रहेको पानी खत्रीले बताए ।

यस्ता ट्याङ्कीहरु काठमाडौँको आरुबारी, महाङ्काल चौर, पानीपोखरी, बाँसबारी, बालाजु, खुमलटार, कटुन्जे, कीर्तिपुर र ठिमीमा रहने छन् भने अनामनगर र मीनभवनमा रहेको पुरानै ट्याङ्कीबाट पानी वितरण हुनेछन् ।

नयाँ बन्न लागेका नौवटा ट्याङ्की तथा पुराना दुईवटा ट्याङ्कीमा पानी पुर्याउन ६१ किमी पाइप बिच्छ्याउनुपर्ने भए पनि हालसम्म ४९ किमी पाइप बिच्छ्याइएको प्रमुख खत्रीले बताए ।

नयाँ बन्न लागेका नौवटा ट्याङ्कीमध्ये पाँचवटा निर्माण सम्पन्न भएका, तीनवटाको २० प्रतिशत काम भएको र एउटा ट्याङ्कीको निर्माण कार्य असारदेखि सुरु हुने आयोजनाले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement