नेपाल बंगलादेश  बैंकको एटिएम असार १ गतेदेखि नचल्ने

Advertisement

काठमाडौँ: हाल संचालनमा रहेको नेपाल बंगलादेश बैंकको एटिएममा नयाँ प्रणाली कायम गर्ने भन्दै यही असार एक गतेदेखि पुराना त्यस्ता एटिएमले काम नगर्ने जनाएको छ ।

बैंकका अनुसार नयाँ सिस्टम परिवर्तन गर्दा यसअघि जारी भएका बैंकका पुराना एससीटी तथा भिसा कार्डहरु चल्ने छैनन् ।

बैंकले अहिले ग्राहकलाई प्रदान गर्दे आएको एटीएम लगायतका सम्पूर्ण डेबिट कार्ड परिमार्जन गरी नयाँ जारी गर्न लागेको हो ।

नयाँ प्रणाली अनुसार हाल रहेको स्विच प्रबिधिलाई परिवर्तन गरी नेप्स सञ्जालमार्फत कारोबार सुरु गर्न लागिएको बैंकले जनाएको छ ।

नयाँ कार्ड बैंक खाताधानीले नि:शुल्क आ-आफ्नै बैंक खाता रहेको स्थानबाट प्राप्त गर्न सक्ने पनि बैङ्कले जनाएको छ।

Advertisement

Advertisement

Advertisement