आयल निगमलाई उपभोक्ता हित उपसमितिको निर्देशन- बोनस नबाँड्नू

Advertisement

काठमाडौँ: संसदीय समितिको बुधबार बसेको बैठकले नेपाल आयल निगममा बोनस बाँड्ने काम तत्कालका रोक्न सरकारलाई निर्देशन दिएको छ ।

व्यवस्थापिका संसदअन्तर्गतको आपूर्ति तथा उपभोक्ता हित उपसमितिको आज बसेको बैठकले नेपाल आयल निगममा बोनस बाँड्ने काम तत्काल स्थगित गर्न अर्थ मन्त्रालयलाई पुनः सचेत गराएको छ ।

घाटामा गएका सार्वजनिक संस्थानहरुमा बोनस बाँड्न नदिन सरकारलाई पुनः निर्देशन दिइएको उपसमितिका संयोजक सुवाषचन्द्र शाह ठकुरीले बैठकपछि जानकारी दिए ।

नेपाल आयल निगमलाई बोनस बाँड्न रोक लगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महालेखा परीक्षकको कार्यालयले पनि सरकारलाई निर्देशन दिईसकेको छ ।

उपसमितिले बोनस ऐन र सार्वजनिक संस्थानहरुमा देखिएको समस्या तत्काल समाधान गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

उपसमितिले नेपाल आयल निगमलाई भण्डारणको कामलाई व्यवस्थित बनाउन पनि निर्देशन दिएको छ । बैठकमा समितिका सदस्यहरुले सार्वजनिक संस्थानहरुमा बोनस बाँड्ने काम उपभोक्ताको हित विपरित भएको भन्दै आपत्ति जनाएका थिए ।

Advertisement

Advertisement

Advertisement