पेट्रोल र डिजेलको मूल्य समायोजन, एक रुपियाँ ५० पैसा घट्यो

Advertisement

काठमाडौँ: नेपाल आयल निगमले शुक्रबार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।
निगमले पेट्रोल र डिजेलमा एक रुपियाँ ५० पैसा घटाएको छ। अन्य खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्यमा भने समायोजन गरिएको छैन ।

यस अघि पेट्रोलको मूल्य १०१.५० पैसा थियो भने अव सय रुपियाँ पर्ने छ र डिजेल ७७.५० बाट ७६ रुपियाँमा आउने भएको छ ।

नयाँ स्वचालित नियम अनुसार निगमले लगभग छ महिनापछि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो। समायोजन पछिको निगमको नाफा १५ दिनको लागि ३८ करोड हुने छ भने अब आउने एक तारिकदेखि हवाई र ग्यासको मूल्य पनि समायोजन हुने, निगमले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement