महतोले सरकारलाई सोधे:  के दुई नम्बर प्रदेशमात्रै मधेस हो ?

Advertisement

काठमाडौं । राष्ट्रिय जनता पार्टी ( राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधनलगायतका माग पूरा नभएसम्म चुनाव हुन नसक्ने बताएका छन्

काठमाडौँमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले दुई नम्बर प्रदेशमा चुनाव सारेर मात्रै समस्याको समाधान हुन नसक्ने भन्दै झापादेखि कञ्चनपुरसम्मको समस्या समाधान गरिनुपर्ने आफूहरुको माग रहेको बताए ।

उनले राजपासँग कुनै सहमति नै नलिई २ नम्बर प्रदेशको चुनाव सारेर सरकारले राजपाकै सहमतिमा निर्णय गरेको भनि भ्रम फैलाएको आरोप समेत लगाए ।

‘सरकारले राजपाको सहमतिबिनै मनपरि ढंगले दुई नम्बर प्रदेशको चुनाव सारेर बाँकी प्रदेशमा चुनाव गराउने जुन निर्णय गरेको छ त्यो राजपालाई मान्य छैन’, उनले भने, ‘के २ नम्बर प्रदेशमात्रै मधेस हो ? मधेसको समस्या समाधान नभईकन चुनाव गर्न खोजिनु भनेको मुलुकलाई बर्बादीतर्फ धकेलिनु हो ।’

उनले आइतबारको लागि तोकिएको मनोनयन दर्ता कार्यक्रमलाई बिथोलिने समेत चेतावनी दिए ।

Advertisement

Advertisement

Advertisement