जलविद्युत र बाणिज्य बैंकको सेयर खस्किँदा नेप्सेमा साढे १३ अंकको गिरावट

Advertisement

काठमाडौंः सेयर बजार परिसुचक नेप्से आइतबार १३ दशमलव ६१ अंकले घटेर एक हजार ५७६ अंकमा आइपुगेको छ । बाणिज्य बैंक र जलविद्युत समूकका कम्पनीहरुको कारोबार राम्रो हुन नसक्दा नेप्सेमा दोहोरो अंकको गिरावट आएको हो ।

कारोबार रकम पनि आज सन्तोषजनक हुन सकेन । कुल ५९ करोड ३३ लाख रुपियाँको सेयर खरिद बिक्री भएकोमा सबैभन्दा बढि प्रिमियर लाइफ इन्स्योरेन्स कम्पनीले सात करोड ४६ लाख रुपियाँको कारोबार गरेको छ भने एभरेष्ट बैंकको छ करोड ८५ लाख रुपियाँको खरिद बिक्री भएको छ ।

समूहगत कारोबार हेर्दा जलविद्युत समूहको सेयर एक दशमलव ५७ प्रतिशतले गिरावट आएको छ भने बाणिज्य बैंकको सेयर एक दशमलव २२ प्रतिशतले घटेको छ । बाँकी समूहको गिरावट एक प्रतिशतभन्दा कम रहेको छ ।

आज सबैभन्दा धेरै कमाई गर्नेमा एभरेष्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ता अगाडि छन भने घाटा खानेमा एभरेष्ट बैंकको सेयर छ ।

Advertisement

Advertisement

Advertisement