मनसुन सक्रिय बन्दै

Advertisement

काठमाडौंः एक साताअघि नेपालको पूर्वी भेगमा प्रवेश गरेको मनसुन क्रमिकरुपमा सक्रिय बन्दै गएको छ । कमजोर रुपमा प्रवेश गरेको मनसुन देशभर पूर्णरुपमा सक्रिय हुन अझै केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको सक्रियताले खासगरी देशका पूर्वी भेगमा वर्षात् भएको छ । काठमाडौँ उपत्यकासहित मध्य भेग र पश्चिमी भेगमा भने राम्ररी वर्षात् हुन सकेको छैन । पश्चिमी वायुको प्रभावका कारण मनसुन पूर्ण सक्रिय हुन नसकेको मौसमविद् विभूति पोखरेलले जानकारी दिए ।

उनका अनुसार पूर्वी भेगमा मनसुन सक्रिय भई धेरै स्थानमा पानी परेको छ, गए राति पनि सामान्य बर्षा भएको छ । राजधानीबाहेक मध्य भेगका अन्य क्षेत्रमा पनि विस्तारै मनसुन सक्रिय हुँदै गएको छ । नेपालको पूर्वी भेगमा गत जेठ २९ गते मनसुन प्रवेश भएको थियो ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार सोमबार सबैभन्दा धेरै धनकुटामा ४७ र विराटनगरमा ४३ मिलिमिटर वर्षात् भएको छ । त्यसैगरी, धरानमा १४, भैरहवामा ३८, पोखरामा २०, लुम्लेमा ३४, जिरीमा १५, दाङमा १७ र धनगढीमा १२ मिलिमिटर वर्षात् भएको छ ।

Advertisement

Advertisement

Advertisement