सुजकीको नयाँ शोरुम र सेवा केन्द्र सञ्चालनमा

Advertisement

काठमाडौँः सुजुकीले बुधबार गते काठमाडौंको रवि भवनमा अन्तर्राष्ट्रिय मापदण्डको शोरुम र ललितपुरको धोवीघाटमा स्टेट अफ आर्ट सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

शोरुम र सेवा केन्द्र दुवैको उदघाटन एमएसआइएलका कार्यकारी निर्देशक इन्टरनेशनल मार्केटिङ डिभिजन शशांक श्रीवास्तवा र सिजी होल्डिङ्सका अध्यक्ष तथा कार्यकारी निर्देशक अरुण चौधरीले गरेका हुन ।

कार्यक्रममा बोल्दै सिजी होल्डिङ्सका अध्यक्ष तथा कार्यकारी निर्देशक चौधरीले विश्वस्तरीय बिक्री तथा सेवा केन्द्र सञ्चालनले उपभोक्तालाई सन्तुष्टि प्रदान गर्न आफूहरु सफल हुने विश्वास व्यक्त गरे । उनले भने, ‘बिक्री अघि र पछि कुनै पनि कम्पनीले उपलब्ध गराउने ग्राहक सेवा, बिक्री पछिको सेवा लगायतले ब्राण्डको सफलताको प्रतिनिधित्व गर्छ ।’

चौधरीले कलंकीमा सञ्चालनमा ल्याइएको विश्वस्तरीय शोरुम र ललितपुर धोविघाटस्थित स्टेट अफ आर्ट सेवा केन्द्र यही सिद्धान्तको उपज भएको बताए । नयाँ बिक्री शाखाको उद्घाटनसँगै कम्पनीले आफ्नो बिक्री शाखाको संख्या ३४ र ग्राहक सेवा केन्द्रको संख्या २६ पुर्याएको छ ।

उपभोक्ताका आवश्यकताको पूर्ति गर्न विभिन्न उत्पादन उपलब्ध गराउँदै आइरहेको सुजुकी कारको देशमा सर्वाधिक ठूलो बिक्री तथा सेवा सञ्जाल रहेको कम्पनीले दावी गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement