एनआरएन अष्ट्रेलियाको नेतृत्व गर्न चार जना अग्रसर, नेपालको स्थानीय निर्वाचन जस्तै माहौल

Advertisement

काठमाडौंः गैरआवासीय नेपाली संघको समग्र आन्दोलनमा निकै महत्व राख्ने अष्ट्रेलियाको राष्ट्रिय समन्वय परिषदमा अबको नेतृत्वको दावी गर्दै चार जनाले उम्मेदवारी गर्दा गरेका छन् ।

दुईवर्षे कार्यकालका लागि हुन लागेको गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष अभिमानसिंह बस्नेत, महासचिव टोनु घोताने, स्वतन्त्र प्रताप शाह र महेश भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।

आउँदो जुलाई ८ मा हुने निर्वाचनका लागि राष्ट्रिय समन्वय परिषदका विभिन्न पदमा तीन दर्जन बढीले उम्मेदवारी दिएका छन् । निर्वाचनले अष्ट्रेलियाको केन्द्रीय समितिका साथै विभिन्न आठ राज्यहरूमा अलगअलग समितिसमेत चयन गर्नेछ ।

उपाध्यक्षका लागि जम्मा एक महिलाले उम्मेदवारी दिएकी छन् । त्यस्तै, महासचिवमा ज्ञानेन्द्र रेग्मी, राजु मानन्धर, नारायण कोइराला र राजन सिटौलाले उम्मेदवारी दिएका छन् भने सचिवमा देवबहादुर गुरुङ, डिला खरेल र विकास केसी, कोषाध्यक्षमा अच्युत शर्मा थपलिया, अनिल पोखरेल र कुशल केशीले उम्मेदवारी दिएका छन् ।

महिला फोकल पोइन्टमा प्रतिज्ञा अधिकारी, युवा संयोजकमा धर्मराज अधिकारी र कोमलराज पाठकले उम्मेदवारी दिएको अष्ट्रेलियामा बसोबास गर्दै आएका सञ्चारविज्ञ डा भरतराज पौडेलले जानकारी दिए ।

यसैगरी उपाध्यक्षमा न्यु साउथ वेल्सबाट दिनेश पोखरेल, नन्द गुरुङ, केशव जोशी, दक्षिण अष्ट्रेलियाबाट अशोक केसी, प्रजिता गेलाल, क्यानबेराबाट राजु अधिकारी, राजन ढुङ्गेल, नर्दन टेरिटोरिबाट बाबुराम भट्टराई, हरिराम रिजाल, क्वीन्सल्याण्डबाट सन्तोष कुंवर, भिक्टोरियाबाट केशव कंडेल र माधव पौडेल, पश्चिम अष्ट्रेलियाबाट नवीन विडारी र दीपक शर्मा र तास्मानियाबाट विश्वेश्वर खतिवडाले उम्मेदवारी दिएको पौडेलले जानकारी दिए ।

तीमध्ये क्वीन्सल्याण्ड र तास्मानियाबाट उम्मेदवारी दिने उपाध्यक्षहरु सर्वसम्मत भएका छन् । अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्यमा गोकुल घिमिरे, दीपक भट्टराई, जानकी पौडेल, केदार रिजाल, मधु पन्थी, निरन्जन प्रसाई, राजकुमार अधिकारी, राजकुमार थपलिया, उषाकिरण बरिया, सन्तोष दाहाल र रमेश पौडेलले उम्मेदवारी दिएका छन् ।

सञ्चारविज्ञ पौडेलले अष्ट्रेलियाको एनआरएनको निर्वाचनमा नेपालको स्थानीय निर्वाचनमा भन्दा बढि चुनावी माहौल रहेको बताए । उनले विगतमा जस्तो राजनीतिक दलहरुको प्रभाव यस पटकको निर्वाचनमा नरहेको बताए ।

Advertisement

Advertisement

Advertisement