चुक्ता पुँजीको म्याद थपिंदैन- राष्ट्र बैंक; जनता, कुमारी, सेन्चुरी र एनसीसीलाई गार्हो

Advertisement

काठमाडौं : राष्ट्र बैंकको बाध्यात्मक व्यवस्था अनुसार हाल संचालनमा रहेका वाणिज्य बैंकहरुले पुँजी वृद्धि योजना अनुरुप प्राय सबै वाणिज्य बैंकहरूले समयमै चुक्ता पुँजी पुर्‍याउने निश्चित भएको छ ।

एक-दुईवटा वाणिज्य बैंकलाई गाह्रो देखिए पनि अन्य सबैले तोकिएकै समय यही असार अन्तिमसम्ममा चुक्ता पुँजी आठ अर्ब रुपियाँ पुर्‍याउने देखिएको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलका अनुसार वाणिज्य बैंकको पुँजी वृद्धि योजना अनुसार नै पुग्नेछ । विकास बैंक र वित्त कम्पनीमा भने केही समस्या देखिएका छन् ।

एक दुई बैंकमा समस्या देखिए पनि उनीहरूले विभिन्न माध्यमबाट यही असार अन्त्यसम्म चुक्ता पुँजी पुर्‍याउने भनेर बाचा गरेका छन् ।

पुँजी वृद्धिका लागि समय नथपिने पौडेलले दावी गरे । यस विषयमा मौद्रिक नीतिमा केही व्यवस्था आउनेछ', उनले भने ।

अधिकांश बैंकले गएको वर्ष तेस्रो त्रैमासको तुलनामा यस वर्षको तेस्रो त्रैमाससम्म उल्लेख्य पुँजी वृद्धि गरेका छन् । मर्जर, एक्विजिनसन, बोनस तथा हकप्रद सेयर र फर्दर पब्लिक अफरिङ (एफपीओ) निष्कासन गरेर निर्धारित समयमा पुँजी पुर्‍याउन बैंकहरू कसिएका हुन् ।

पुँजी वृद्धि योजनामा सबैभन्दा कमजोर जनता र कुमारी, सेन्चुरी कमर्सियल र एनसीसी बैंक देखिएका छन् । सिद्धार्थ र त्रिवेणी विकास बैंक जनता बैंकसँग गाभिएपछि जनता बैंकको चुक्ता पुँजी पनि ६ अर्बभन्दा माथि पुग्छ । यस वर्षको नाफा र बोनस सेयरबाट निर्धारित पुँजी पुग्ने योजना बैंकले बनाएको छ ।
एनसीसी बैंकसँगको मर्जरबाट अलग भई आफ्नै प्रयासमा पुँजी वृद्धिको बाटोमा अगाडि बढेको कुमारी बैंक लिमिटेडले चारवटा वित्तीय संस्थालाई गाभेर चुक्ता पुँजी पुर्‍याउने भएको छ ।

काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स कम्पनीलाई आफूमा गाभ्ने प्रक्रिया करिब पूरा भएको छ । कुमारी बैंकको हाल चुक्तापुँजी तीन अर्ब २७ करोड रुपियाँ छ । हालै कुमारी बैंकले ५० प्रतिशत हकप्रद र २१ प्रतिशत बोनस सेयर जारी गरेको थियो । बोनस र हकप्रदपछि बैंकको चुक्तापुँजी चार अर्ब ६१ करोड पुग्नेछ । चारवटा वित्तीय संस्था गाभेपछि चुक्तापुँजी पाँच अर्ब ९६ करोड पुग्नेछ ।

कुमारी बैंकले पनि जतो तसो चुक्ता पुँजी पुर्‍याउन देखिएको छ । नेपाल बंगलादेश बैंकले एक सय कित्ता सेयर बराबर ८० कित्ता राइट सेयर दिएर पुँजी पुर्‍याउँदैछ ।

सनराइज बैंक लिमिटेडले १० कित्ता बराबर तीन कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले प्रतिसेयर सयका दरले एक करोड ६३ लाख ५९ हजार ६ सय ३६ कित्ता बराबर एक अर्ब ६३ करोड ५९ लाख ६३ हजार ६ सय रुपियाँको हकप्रद सेर निष्काशन गरेर चुक्ता पुँजी पुर्‍याउन लागेको हो ।

एभरेस्ट बैंकले राष्ट्र बैंकले दिएको समयमै चुक्ता पुँजी पुर्‍याउन ३३ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । हाल बैंकको चुक्ता पुँजी चार अर्ब ६० करोड ६४ लाख २७ हजार रुपियाँ छ । बैंकले प्रतिसेयर अंकित दरका एक अर्ब ५० करोड ८८ लाख ८ हजार सात सय रुपैयाँ बराबरको एक करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

सेन्चुरी कमर्सियल बैंकले ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको छ । बैंकले इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंक प्राप्तिपछि हुने एकीकृत पुँजी चार अर्ब ७१ करोड ३५ लाख ६४ हजार दुई सय १३ रुपियाँको ४० प्रतिशतले हुने एक करोड ८८ लाख ५४ हजार दुई सय ५७ कित्ता सेयरको एक अर्ब ८८ करोड ५४ लाख २५ हजार सात सय रुपियाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो ।

बैंक अफ काठमान्डूले चुक्ता पुँजी व्यवस्था गर्न संस्थापक सेयरधनीका लागि जारी गर्न लागेको एफपीओको दर एक सय रुपियाँ अंकित मूल्य र दुई सय १० रुपैयाँ प्रिमियमसहित तीन सय १० रुपियाँ कायम हुने गरी सेयर निष्कासन गर्न लागेको छ । बैंकले संस्थापक सेयरधनीका लागि ६१ लाख ५८ हजार ६७ कित्ता सेयर बिक्रीमा ल्याउन लागेको हो । हाल बैंकको चुक्ता पुँजी पाँच अर्ब ६३ करोड छ ।

Advertisement

Advertisement

Advertisement