पाकिस्तानलाई अशान्त राख्न 'काठमाडौँमा जासुसी  वेवसाइट संचालित छ'- पक्राउ परेका 'र' का एक अधिकारी

Advertisement

काठमाडौँ: हाल पाकिस्तानले पक्राउ गरी बन्धक बनाइराहेका भारतका कमिसन्ड न्याभी अफिसर तथा बहालवाला रिसर्च एंड अनालिसिस विङ्ग ('र') का एक अधिकारीका अनुसार 'नेपालभूमी त्यो पनि काठमाडौँ मै बसेर 'र' ले पाकिस्तानबिरुद्ध जासुसी गर्न एक 'आधुनिक वेवसाइट संचालन' गरेको दावी गरेका छन् ।

पाकिस्तानले पक्राउ गरी राखेका 'र' का कुलभुषण सुधिर जाधव उर्फ हुसेन मुबारक पटेलले जसको न्याभी नम्बर ४१५५८ 'जेड' (अल्फाबेट) रहेको छ, उसका अनुसार काठमाडौँमा 'र' को टिम बसेर पाकिस्तानबिरुद्ध एक गोप्य वेवसाइट निर्माण गरी संचालन गरेको दावी गरेका हुन् । ति सबै वेबसाइटहरु पाकिस्तानको बलुचीस्थान र अन्य शहरहरुमा पाकिस्तानी जनतानै प्रयोग गरेर आतंककारी हमला र बिष्फोटनका घटना गराउन लक्षित रहेको बताएका हुन् ।

हिन्दुस्तान टाइम्समा प्रकाशित/प्रसारित यो भिडियो अप्रिल, २०१७ मा पाकिस्तानी सेनाको इन्टर सर्विस पब्लिक रेलेसन्सले सार्वजनिक गरेको हो । जुन अहिले संचार माध्यममा सार्वजनिक भएको छ ।

उनलाई पाकिस्तानी सेनाको ईण्टीलिजेंस एजेन्टले मार्च ३, २०१६ मा पाकिस्तानको मास्केल बलुचीस्थानबाट बन्धक बनाइ पक्राउ गरेको थियो ।

पाकिस्तानको जाहेदान स्थित कन्सुलेट ओफ़िसमा आक्रम गर्नको लागि यी सबै वेवसाइट संचालन गरिएको बताएका छन् र कुन कुन हतियारबाट आक्रमण गर्न भन्ने बारे पनि रणनीति हरेको खुलाएका छन् ।

यी वेवसाइट संचालन गर्न 'र' ले पूर्ण लागनी गरेको उनले भिडियोमा बताएका छन् र यी सबै गर्नका लागि भारतीय 'र' का एक उच्चअधिकारी अनिल कुमार गुप्ताको हात रहेको बताएका छन्।

उनले भनेका छन् कि बलुचिस्थानमा आन्तान्कारी हमलाका लागि पहिले अथवा पुरानो वेवसाइट समेत पहिलेदेखि नै काठमाडौँबाट संचालनमा आएको खुलाएका छन् । त्यस्ता वेबसाइट खोन र संचालन गर्नुको मुख्य अभिप्राय भनेको पाकिस्तान जनतालाई विभिन्न बाहानामा फकाएर पाकिस्तान बिरुद्ध नै भविष्यको लागि प्रयोग गर्नको लागि प्रेरित थियो भनेर भनेका छन् ।

सार्वजनिक गरिएको भिडियोमा उनले पाकिस्तानबिरुद्ध आफुले गरेको जासुशी र अपराध बिरुद्ध माफी समेत मागेका छन् । र पाकिस्तानको उच्च सैनिक अदालत समक्ष आफ्नो कार्यलाई माफ गरी रिहा गर्न समेत अनुरोध गरेका छन् । तर यस भिडियोलाई भारत सरकारलाई 'अपारदर्शी र हाँस्यास्पद' भनि टिप्पणि गरेका छन् ।

उनलाई अहिले पाकिस्तानले १० अप्रिल, २०१७ फाँसी सजाए सुनाएको छ तर अन्तरास्ट्रिय न्यायालय (आइसिजे) मा उक्त स्वयीकारोक्तिको भिडियो प्रस्तुत गर्न रोकेको छ ।
भारतीय संचार माध्यम र त्यहाँ सरकारले उक्त भिडियो पूर्ण रुपमा नक्कली र काँट छाँट गरी बनाइएको भनिएको छ ।

यो भिडियो पाकिस्तानका एक उपरथी आसिफ गाफुरले पोस्ट गरेका हुन् ।

संचालित भनिएको वेबसाइट

sample_website in blur picture

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

http://www.hindustantimes.com/india-news/pakistan-says-kulbhushan-jadhav-has-appealed-against-death-sentence-releases-another-confessional-video/story-JkGBWyaYFQDPbVxR81DAOK.html

Advertisement

Advertisement

Advertisement