भारतले लगाउन लागेको ‘जीएसटी’बारे अहिलेदेखि नै चनाखो हुन अर्थमन्त्रीलाई परिसंघको आग्रह

Advertisement

काठमाडौंः नेपाल उद्योग परिसंघले मुलुकमा अहिले आर्थिक विकास, लगानी प्रवद्र्धन र उद्योग–व्यवसायको विकासको लागि अनुकूल वातावरण बनेकालाई यसलाई सदुपयोग गर्न अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सुझाव दिएको छ ।

परिसंघको टोलीले शुक्रबार बिहान मन्त्री कार्कीलाई भेट गरी मुलुकको विकासका लागि अहिले उपयुक्त बाताबरण बनेको कुरा आर्थिक सुचकाङ्कले पुष्टी गरेको पृष्टभूमिमा यो वातावरणलाई कायम राख्न सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर काम गर्नुपर्ने सुझाव दिएको छ ।

परिसंघका अध्यक्ष हरिभक्त शर्माले सरकारले निजी क्षेत्रलाई थप प्रोत्साहनयुक्त कार्यक्रमसहित अघि बढ्नुपर्ने बताए । उनले राष्ट्रिय महत्वका परियोजनाहरुको निर्माणलाई सरकारले प्राथमिकतामा राखी निश्चित समय भित्र सम्पन्न गर्ने प्रतिवद्धता गर्नुपर्ने बताए ।

उद्योग मन्त्रालयको आयोजनामा सम्पन्न “लगानी सम्मेलन”मा व्यक्त भएका विदेशी लगानीकर्ताहरुको प्रतिवद्धतालाई कार्यान्वयनमा ल्याउन सरकारबाट निश्चित मापदण्ड सहितको अनुगमन प्रणाली तयार गर्नुपर्ने भन्दै शर्माले परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनले निर्दिष्ट गरेको विषयलाई पनि कार्यान्वयनमा पुर्याउन सरकारबाट आवश्यक प्राविधिक एवं आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने माग गरे ।

परिसंघका पदाधिकारीले सरकारले कुल गार्हस्थ उत्पादन (जीडीपी)को कम्तिमा १० प्रतिशत रकम पूर्वाधार विकासको लागि छुट्याउनुपर्ने र भारतले आगामी जुलाई १ देखि लागू गर्ने जेनेरल सेल्स ट्याक्स (जीएसटी)को प्रभावबाट नेपालका उद्योग व्यवसायका साथै कच्चा पदार्थको आयातमा पर्ने असरबारे सरकार अहिलेदेखि नै चनाखो हुनुपर्ने बताएका थिए ।

मन्त्री कार्कीले आर्थिक विकासमा निजी क्षेत्रले पुर्याएको योगदानको सरकारले मूल्याङ्कन गर्ने भन्दै उद्योग व्यवसायीको पेशा व्यवसायमा प्रतिकूल असर पर्ने काम कतै र कुनै किसिमबाट हुननदिने बताए ।

Advertisement

Advertisement

Advertisement