दिल्ली जान देउवा हतारिए, वातावरण मिलाउन महरा दिल्ली जाँदै

Advertisement

काठमाडौंः प्रधानमन्त्री हुन नपाउँदै शेरबहादुर देउवा छिमेकी भारतको भ्रमणका लागि हतारिएका छन् । भ्रमणको प्रवन्ध मिलाउन उनले दोस्रो चरणको स्थानीय तह निर्वाचनलगत्तै परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई नयाँ दिल्ली पठाउने तयारी गरेका छन् ।

महराको दिल्ली यात्रामा प्रधानमन्त्री देउवाको भ्रमण तय हुनेछ । उनी संभवतः असार २० मा जानसक्ने परराष्ट्र स्रोतको भनाई छ । त्यसको दुई सातापछि नै प्रधानमन्त्री देउवाको भारत भ्रमण हुनेछ ।

महराको भ्रमण पछि भारतीय प्रधानमन्त्री मोदी तथा विहार मुख्य मन्त्री नितेश कुमार र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको नेपाल भ्रमणबारे समेत पहल हुने भएको छ । भ्रमणको विषयमा भारतीय दूतावास र परराष्ट्र कर्मचारीबीच छलफलहरु भइरहेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement