हाम्रो विकास बैंकको हकप्रद सेयर भर्ने आज अन्तिम दिन

Advertisement

काठमाडौं: हाम्रो विकास बैंक लिमिटेडले जारी गरेको एक बराबर दुई अर्थात् २०० प्रतिशत हकप्रद सेयर निष्काशनको म्याद आइतबारसम्म मात्रै रहेको छ ।

बैंकले जेठ ७ गते हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । बैंकले एक सय रुपियाँ अंकित मूल्यमा ३० करोड ५८ लाख रुपियाँ बराबरको हकप्रद शेयर निष्काशन गरेको छ ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल लिमिटेड तोकिएको छ ।

हकप्रद शेयरमा वैशाख १० सम्म कायम शेयरधनीले असार ११ गते अर्थात् आजसम्म आवेदन दिन सक्नेछन् ।

हाल १५ करोड २९ लाख रुपियाँ चुक्ता पूँजी भएको हाम्रा विकास बैंकको हकप्रद बिक्रीपश्चात पूँजी ४५ करोड ८७ लाख रुपियाँ पुग्नेछ ।

बैंकको हकप्रदमा वैशाख १० गतेसम्म कायम शेयरधनीले बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स, लाजिम्पाट, नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरु विराटनगर, चिप्लेढुङ्गा पोखरा, वीरगञ्ज, नारायणगढ, नेपालगञ्ज र धनगढी र हाम्रो विकास बैंकको सबै शाखाबाट आवेदन गर्न सक्ने क्यापिटलले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement