एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य समायोजन, बोर्डद्वारा कारोबार भने रोक्का

Advertisement

काठमाडौं: एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको समायोजनपछिको मूल्य २ हजार ४ सय ४२ रुपियाँ कायम गरेको छ। तर यसको आधारभूत मूल्य भने १ हजार ३ सय ९२ रुपियाँ तोकेको छ ।

कम्पनीले जारी गरेको २० प्रतिशत बोनस शेयरपछिको अवस्थामा मूल्य समायोजन गरिएको हो ।

एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयर कारोबार नेपाल स्टक एक्सचेञ्जमा रोक्का भएको छ । पूँजी वृद्धिका लागि लगानीकर्तालाई एक बराबर छ को अनुपातमा अर्थात ६०० प्रतिशत हकप्रद दिने घोषणा गरेको कम्पनीको शेयर कारोबार मंगलबारदेखि रोक्का गरिएको नेप्सेले जनाएको छ ।

धितोपत्र बोर्डले दिएको जानकारी अनुसार एभरेष्टले शेयर मूल्यसंग जोडिएको संवेदनशील सूचना चुहावट भएको उजुरीका आधारमा छानबिनका लागि कारोबार रोकिएको जनाएको छ । यसबारे बुझन बोर्डले छानबिन प्रक्रिया समेत अघि बढाएको छ ।

Advertisement

Advertisement

Advertisement