इको प्यानलको जोडाइमा प्रयोग हुने एडिसिभ सिमेन्टको उत्पादन नेपालमै सुरु

Advertisement

काठमाडौंः स्थायी तथा अस्थायी संरचनाको निर्माण गर्दा इटाको विकल्पमा प्रयोग गरिने इको प्यानलको जोडाइमा प्रयोग हुने एडिसिभ सिमेन्टको नेपालमै उत्पादन सुरु भएको छ ।

हालसम्म विदेशबाट आयात गरी प्रयोग भइरहेकोमा नेपालमै पहिलो पटक गोर्खा इको प्यानलले यो सिमेन्टको उत्पादन थालेको हो । यो सिमेन्ट इको प्यानलको जोडाइका साथै बाथरुम र किचेनका टायलहरु टाँंस्न प्रयोग गरिन्छ ।

एडिसिभ सिमेन्ट अन्य सिमेन्टभन्दा फरक हन्छ । सामान्य सिमेन्ट भन्दा यसको कम्प्रेसिभ स्ट्रेन्थ (जोडाई क्षमता) मजबुत हुने भएकाले इको प्यानलको जोडाइमा यही सिमेन्ट आवश्यक पर्छ ।

उत्पादित सिमेन्ट प्रति बोरा ५० किलोको छ । यसअघि चीनबाट आयात गरिआएकोमा अहिले बहराइनस्थित साझेदार कम्पनी अल खाजाको प्रविधि नेपालमा भित्राइ यसको उत्पादन नेपालमै सुरु गरेको गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त दुवालले बताए ।

भारतबाट आयातित प्रिफ्याब प्यानलहरुले ज्वाइन्टमा सिमेन्टको प्रयोग नगरे पनि गोर्खा इको प्यानलले यो सिमेन्ट प्रयोग गर्दै आएको दुवालले बताए । प्रयोगशालामा परीक्षण पछि मात्रै यो सिमेन्ट बजारमा पठाउने उनले बताए ।

सकेसम्म अत्याधिक स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर एडिसिभ सिमेन्टको उत्पादन भइरहेको भन्दै दुवालले यसको प्रयोगले इको प्यानलमा भएका टङ्की एण्ड ग्रुभको जोडाई मजबुत हुने बताए ।

यो सिमेन्ट चाँंडो सुक्ने भएकोले काम गर्न सहज हुने बताइएको छ । एडिसिभ सिमेन्टको उत्पादन थालेको गोर्खा इको प्यानल स्वदेशमै इको प्यानल उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी हो । यो आइएसओ ९००१स् २०१५ चिन्ह प्राप्त कम्पनी पनि हो ।

Advertisement

Advertisement

Advertisement