सेयर बजारको सुधार टिक्न सकेन, नेप्से साढे दुई अंकले घट्यो

Advertisement

काठमाडौंः साताको पहिलो दिन आइतबार सेयर बजारमा सुधारको आशा देखिए पनि आज मंगलबार भने त्यसले निरन्तरता पाउन सकेन । आइतबार आठ अंकले बढेको बजार परिसुचक नेप्से आज साढे दुई अंकभन्दा बढिले घटेको छ ।

कारोबार रकम पनि आइतबार भन्दा घटेको छ । आइतबार झण्डै ७४ करोड रुपियाँको सेयर किनबेच भएकोमा आज घटेर करिव ६२ करोड रुपियाँको मात्रै किनबेच भएको छ । विकास बैंक, बिमा र अन्य समूहबाहेक बाँकी समूह ओरालो लाग्दा नेप्से घटेको हो । घटबढ भएका सबै समूहको उपसुचक एक प्रतिशतभन्दा कम छ ।

आज सबैभन्दा धेरै कारोबार गर्नेमा हिमालय जनरल इन्स्योरेन्स अगाडि छ भने धेरै नाफा गर्नेमा राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयरधनी अगाडि छन् । घाटा खानेमा वल्ड मर्चेन्ट एण्ड फाइनान्स कम्पनीका लगानीकर्ता अगाडि छन् ।

पछिल्लो समयमा धेरै हकप्रद सेयर र साधारण सेयरका साथै नयाँ अनुमतिप्राप्त बिमा कम्पनीहरुको संस्थापक सेयरका लागि रकम संकलन हुन थालेकाले दोस्रो बजार त्यति उत्साहजनक हुन नसकेको विश्लेषकहरुको भनाई छ ।

Advertisement

Advertisement

Advertisement