एनसेलले ल्यायो 'सबैलाई उपहार हरेक दिन लगातार' अफर

Advertisement

काठमाडौंः एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब हरेक दिन आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकका लागि ‘सबैलाई उपहार हरेक दिन लगातार’ योजना ल्याएको हो ।

जस अन्तर्र्गत एनसेलका ग्राहकले अब ३० दिनसम्म हरेक दिन आकर्षक बोनस उपहारहरु पाउनेछन् । यो अफर भोलि बुधबारबाट लागू हुनेछ । एनसेलका ग्राहकले एस्ट्रिक्स१७१२४ह्यास डायल गरी निर्देशन अनुसार अथवा अँग्रजीमा ‘ए’ टाइप गरी १७१२४ मा एसएमएस पठाई यो योजनामा निःशुल्क सहभागी हुन सक्छन् ।

यो योजनामा सहभागिता जनाए पछि ग्राहकले विविध उपहार मध्ये हरेक दिन निश्चित डेटा भोल्युम, बोनस टक टाइम, बोनस एसएमएस लगायतका मध्येबाट कुनै एक उपहार प्राप्त गर्न सक्नेछन् ।

उपहार अन्तर्गत ग्राहकले १०० एमबी, २० एमबी, १० एमबी डेटा, १५ मिनेट बोनस टक टाइम, १५ मिनेट नाइट टक टाईम बोनस, १० मिनेट डे टक टाइम बोनस र २० बोनस एसएमएस लगायतका उपहारहरु मध्य कुनै एक हरेक दिन प्राप्त गर्न सक्नेछन् ।

यसरी प्राप्त उपहार ग्राहकले त्यसै दिन अर्थात रात्री १२ बजेभित्र प्रयोग गरी सक्नुपर्नेछ । रात्री १२ बजेपछि अघिल्लो दिनको बोनस उपहार स्वतः सकिनेछ र ग्राहकहरुले फेरी त्यस दिनको मध्यरात सम्म मान्य हुने उपहार प्राप्त गर्नेछन् । प्राप्त बोनस टक टाइम र एसएमएस एनसेल नेटवर्कमा मात्र लागु हुनेछ ।

यो योजना सुरु भएको दिनदेखि ३० दिनसम्मको लागि रहनेछ र ग्राहकले एक चोटि यो सेवा सुचारु गरेपछि सेवा निष्किय गर्न मिल्नेछैन ।

Advertisement

Advertisement

Advertisement