ओलीलाई मौन अवधिमा पत्रकार सम्मेलन गरेको भन्दै आयोगले काट्यो पत्र

Advertisement

काठमाडौं: निर्वाचन आयोग र सरकार दुवैलाई निर्वाचन आचार संहिता तोडेको भनेर आरोप लगाइरहेका नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार निर्वाचन आयोगले उल्टै मौन समयमा पत्रकार सम्मेलन गरेको विषयलाई लिएर पत्र काटेको छ ।

आयोगले ओली र उनकै पार्टीको पत्रकारको संगठन प्रेस चौतारीलाई समेत स्पष्टीकरण सोधेको छ ।

मौन समयको अवधिमा चौतारीको आयोजनामा ओलीले सोमबार पार्टी कार्यालयमै पत्रकार सम्मेलन गरेका थिए ।

आचार संहिता विपरीत पत्रकार सम्मेलन गरेको भन्दै ओलीविरुद्ध उजुरी परेको थियो ।

ओलीलाई काटिएको पत्रमा आयोगले यसबारे के भएको हो भनेर सोधखोज गरिएको छ ।

Advertisement

Advertisement

Advertisement