हिक्मतबहादुर माली म्युजिक अवार्ड कृष्णहरि बराललाई

Advertisement

काठमाडौंः रचनाकार डा. कृष्णहरि बराललाई हिक्मतबहादुर माली म्युजिक अवार्ड प्रदान गरिएको छ । बुभबार रोटकी क्लव अफ काठमाडौं वेष्टले आयोजना गरेको कार्यक्रममा उनलाई २५ हजार रुपियाँ राशीको उक्त अवार्ड प्रदान गरिएको हो ।

रोटरी क्लव इन्टरनेशनल नेपालकी डिष्ट्रिक्ट गर्भनर जया शाह, स्वर्गीय गायक एवं व्यवसायी हिक्मतबहादुर मालीकी धर्मपत्नी उर्मिला मालीले बराललाई उक्त अवार्ड प्रदान गरेका हुन । कालिमाटीस्थित माली आयल स्टोरका सञ्चालक हिक्मतबहादुर मालीको स्वरमा थुप्रै गीतहरु बजारमा उपलब्ध छन् ।

गत फागुन ८ गते ६२ बर्षको उमेरमा निधन भएका माली हिन्दी फिल्मका गायक मोहम्मद रफीका फ्यान थिए । उनले कुन देशकी चरी हौं तिमी लगायतका नेपाली र नेपालभाषामा दर्जनौं गीतहरु गाएका छन् ।

नेपाल चेम्बर अफ कमर्शका कोषाध्यक्ष अन्य विभिन्न व्यवसायिक संस्थामा आवद्ध रहेका व्यवसायी एवं गायम माली व्यवसायका लागि संगीतमा लागेको नभई संगीतका लागि व्यवसायमा लागेको बरालको भनाई छ । बरोलले आफूले रचना गरेकी गीतमा पहिलो पटक रेडियो नेपालबाट मालीले स्वर पास गरेको अनुभव सुनाउँदै रोमान्टिक गीतमा मालीको बढी रुची रहेको बताए ।

 

Advertisement

Advertisement

Advertisement