तीन सय ३४ स्थानीय तहमध्ये १६८ मा मतगणना सुरु

Advertisement

काठमाडौं: निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) का अनुसार दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहमध्ये १६८ मा मतगणना सुरु भएको छ ।

केन्द्रका अनुसार प्रदेश नं. १ का १ सय ३७ स्थानीय तहमध्ये १ सय ८, प्रदेश नं. ५ का १ सय ९ स्थानीय तहमध्ये ३४ र प्रदेश नं. ७ का ८८ स्थानीय तहमध्ये २६ स्थानीय तहमा मतगणना भइरहेको छ ।

बुधबार ३३४ स्थानीय तहमा दोश्रो चरण अन्तर्गत चुनाव सम्पन्न भएको थियो । केन्द्रले प्राप्त गएको तथ्याङ्क अनुसार, प्रदेश नं. १ मा ७२.४९ प्रतिशत, प्रदेश नं. ५ मा ७५.३४ प्रतिशत र प्रदेश नं. ७ मा ७३.०५ प्रतिशत मतदान भएको छ ।

Advertisement

Advertisement

Advertisement