देवः विकास बैंक पुग्यो चितवनको माडी

Advertisement

चितवनः देवः विकास बैंकले माडी नगरपालिका वडा नं. ३ को वसन्तपुरमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले शुक्रबार एक कार्यक्रमबीच शाखाको उदघाटन गरे ।

सिवाकोटीले देशको श्रमशक्तिलाई स्वदेशमै उपयोग गर्न रोजगारका अवसरहरु सिर्जना गर्नु जरुरी रहेको भन्दै उद्यमशीलता विकासमा यस शाखा विस्तारले सहयोग पुग्ने बताए । उनले निर्यातमुखी व्यवसायको विकास जरुरी रहेको भन्दै बैकिङ्ग सेवालाई गाउँ गाउँमा पुर्याउन सकेमात्र समग्र देशको आर्थिक वृद्धिदर बढने बताए । बैकिङ क्षेत्रको विकास र सुदृढीकरणका लागि वित्तीय साक्षरता कार्यक्रम प्रभावकारी बढाउनु जरुरी रहेको सिवाकोटीको भनाई छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले माडी उपत्यकाको आर्थिक कारोवार अभिवृद्धि गर्न बैंक सदवै क्रियाशील रहने बताए । माडी उद्योग वाणिज्य संघका अध्यक्ष रेशमलाल आचार्यले माडी क्षेत्रमा आर्थिक गतिविधि बढाउन देवः विकास बैंकको शाखाले सहयोग पुग्ने आशा व्यक्त गरे ।

माडी नगरपालिकाका नगर प्रमुख ठाकुरप्रसाद ढकालले नगरवासीको आर्थिक आवश्यकता पूरा गर्न र माडी उपत्यकामा आर्थिक गतिविधि बढाउन बैंक क्रियाशील हुनु पर्नेमा जोड दिए । उनले नगरको विकासका लागि बैंकसँग सहकार्य गर्न नगरपालिका तयार रहेको बताए ।

कार्यक्रममा बैंकका संचालक समितिका सदस्यद्धय बज्र गुरुङ, विजयराज शर्मा भुसाल, महिला समाजसेवी सविता बराल देवः विकास बैंकको नयाँ शाखाको सफल कारोबारको शुभकामना दिएका थिए । हालसम्म १० अर्ब निक्षेप संकलन गरी नौ अर्ब ३९ करोड कर्जा प्रवाह गरेको यस बैंकले गएको चैत्र मसान्तसम्म ३१ करोड ४० लाख रुपियाँ सञ्चालन मुनाफा कमाएको छ ।

deva_bikash_bank_madi

Advertisement

Advertisement

Advertisement